काठमाडौँ– मुख्य चाडवार्ड दसैँ–तिहारले बजारमा नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढ्न पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा बजारमा कूल ६ खर्ब ५८ अर्ब ९९ करोड १५ लाख रुपैयाँ नगद प्रवाह भएको छ।
यो गत असार मसान्तको तुलनामा ३३ अर्ब २० करोड ३६ लाख रुपैयाँले बढी हो। २०८० असार मसान्तसम्ममा बजारमा कूल ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ नगद प्रवाह भएको थियो।
खासगरी चाडपर्वका बेला सर्वसाधारण उपभोक्ताहरुले उपभोग्य वस्तुको खरिद बिक्री तथा घरायसी खर्चका लागि बैंकहरुबाट पैसा झिक्दा बजारमा पैसा बढ्न पुगेको हो।
चाडपर्व सकिएसँगै क्रमशः यी पैसा बैंकिङ च्यानमा फर्किने विश्वास गरिएको छ। उसो त अघिल्लो वर्षको यसै समयमा पनि नगद प्रवाह बढ्न पुगेको थियो।