तीस वर्षको अवधिमा नेपालले एक तिहाइ हिमनदी गुमायो : महासचिव एन्टोनियो गुटेरेस - Chaitanya News
  • 2026-11-16
  • 10:21:25
  • सोमबार,मंसिर ०१, २०८३
  • तीस वर्षको अवधिमा नेपालले एक तिहाइ हिमनदी गुमायो : महासचिव एन्टोनियो गुटेरेस

    तीस वर्षको अवधिमा नेपालले एक तिहाइ हिमनदी गुमायो : महासचिव एन्टोनियो गुटेरेस

    काठमाडौँ– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालले तीस वर्षको अवधिमा हिमनदीको झन्डै एक तिहाइ गुमाएको बताएका छन्। नेपालको आज (मंगलबार) संसद्को संयुक्त बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे उल्लेख समेत गरे।

    ‘प्रभाव विनाशकारी छ ।पानीले भरिएका ताल फुट्दै छन्। नदी र समुद्रको पानी बढ्दै छ। संस्कृतिहरूले चुनौतीका सामना गरिरहेका छन्। पहाडहरू जोखिममा छन् र चट्टान, पहिरो तथा हिमपहिरोको जोखिम बढ्दो छ, ’महासचिव गुटेरेसले भने। हिमालयका नदीहरूले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरिरहे।

    ‘भविष्यमा सिन्धु, गङ्गा र ब्रह्मपुत्र जस्ता हिमालयका प्रमुख नदीहरूको बहाव अत्यन्तै सीमित हुनेछ। नुनिलो पानीको अतिक्रमणसँगै यसले यस क्षेत्र र बाहिरका डेल्टाहरूलाई नष्ट गर्नेछ। यसको अर्थ तल्लो समुदायहरू र सम्पूर्ण देशहरू सदाका लागि मेटिन सक्छन्,’महासचिव गुटेरेसले भने, ‘लाखौँ मानिसहरू सर्नुपर्ने हुन्छ। पानी तथा जमिनको लागि भयङ्कर प्रतिस्पर्धा हुनेछ।’

    जलवायु परिवर्तनको परिणामस्वरूप यो देशमा डरलाग्दो अन्याय भइरहेको उनले बताए।