काठमाडौँ– टी–२० विश्वकपमा मलेसियालाई हराउँदै नेपाल घरेलु टोली जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ।
मङ्गलवार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरे ।
पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो। नेपालको जितले ओमान पनि सेमिफाइनल पुगेको छ।
नेपालले समूहको अन्तिम खेलमा अब ओमानसँग खेल्ने छ। यो खेलले समूह विजेता र उपविजेता तय गर्ने छ।