टी–२० विश्वकप: मलेसियाविरुद्ध कुशल मल्लको उत्कृष्ट ब्याटिङ, बनाए अर्धशतक - Chaitanya News
  • 2026-06-07
  • 08:47:31
  • आइतबार,जेठ २४, २०८३
  • टी–२० विश्वकप: मलेसियाविरुद्ध कुशल मल्लको उत्कृष्ट ब्याटिङ, बनाए अर्धशतक

    टी–२० विश्वकप: मलेसियाविरुद्ध कुशल मल्लको उत्कृष्ट ब्याटिङ, बनाए अर्धशतक

    काठमाडौं– टी–२० विश्वकप छनोटमा मलेसियाविरुद्ध कुशल मल्लले अर्धशतक बनाएका छन्। ओपनर कुशल भुर्तेल आउट भएपछि क्रिजमा आएका मल्लले आक्रमक ब्याटिङ गर्दै २५ बलमा अर्धशतक बनाए।

    २५ बलमै ६ छक्का र एक चौकाको मद्दत अर्धशतक बनाएका हुन्। १६६ रनको चुनौती पछ्याएको नेपालले १३।५ ओभरमा ३ विकेट गुमाएर १३३ रन बनाएको छ।

    टी–२० अन्तर्राष्ट्रियमा कुशल मल्लको यो तेस्रो अर्धशतक हो। उनले २०१९ मा जिम्बावेविरुद्ध नेपालको लागि टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।

    उनले टी–२० अन्तर्राष्ट्रिय सर्वाधिक रन १९ औं एसियाली खेलकुदमा १३७ रनको अविजित पारी खेलेका थिए।