काठमाडौँ महानगरकाप्रमुख र उपप्रमुखको वरीयताक्रम खोसिने - Chaitanya News
  • 2026-11-16
  • 10:21:45
  • सोमबार,मंसिर ०१, २०८३
  • काठमाडौँ महानगरकाप्रमुख र उपप्रमुखको वरीयताक्रम खोसिने

    काठमाडौँ महानगरकाप्रमुख र उपप्रमुखको वरीयताक्रम खोसिने

    काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखको वरीयताक्रम खोसिने भएको छ। नयाँ मर्यादा क्रमानुसार काठमाडौँ महानगर प्रमुख र उपप्रमुखको पनि देशभरका अरू महानगरपालिकासरह नै मर्यादा हुने प्रस्ताव अघि बढाइएको हो।

    यो प्रस्तावसहितको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट पारित गरिएको छ। सोमबामर समितिले प्रतिवेदनसहितको उक्त विधेयक मङ्गलवार राष्ट्रियसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ।