काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युएई जाने भएका छन्। आगामी महिना खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) को भ्रमणमा जाने भएका छन्।
युएईको दुबईमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घको फ्रेमवर्क कन्भेन्सन (कोप)का पक्षहरूको २८औँ सम्मेलनमा सहभागी हुन उनी युएई जान लागेका हुन्।
कोप २८ आगामी मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुँदै छ।