राष्ट्रसंघ महासचिवले भने: संक्रमणकालीन न्यायको प्रक्रियामा सघाउन तयार छौं - Chaitanya News
  • 2026-11-16
  • 09:47:25
  • सोमबार,मंसिर ०१, २०८३
  • राष्ट्रसंघ महासचिवले भने: संक्रमणकालीन न्यायको प्रक्रियामा सघाउन तयार छौं

    राष्ट्रसंघ महासचिवले भने: संक्रमणकालीन न्यायको प्रक्रियामा सघाउन तयार छौं

    काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार रहेको बताएका छन्। तर यो अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री हुनुपर्ने उनले बताए।

    नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेसले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्ता गरेका छन् ।

    भेटपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गुटेरेसले नेपालको आगामी दिन महत्वपूर्ण हुने बताए।

    नेपाल विकासोन्मुख देशमा बढुवा हुन लाग्नुका साथै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय अन्तिम चरणमा पुगेको गुटेरेसले बताए। उनले भने, ‘संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउनुुपर्छ।’