राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजन विहीन : कमल थापा - Chaitanya News
  • 2026-11-16
  • 10:09:59
  • सोमबार,मंसिर ०१, २०८३
  • राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजन विहीन : कमल थापा

    राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजन विहीन : कमल थापा

    काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजन विहीन’ भएको टिप्पणी गरेका छन्। गुटेरसको सम्मानमा आज सोल्टी होटलमा राखिएको रात्रिभोज बहिष्कार गर्ने उनको तयारी छ।

    महासचिव गुटरेसले हमास(इजरायल युद्धमा ध्यान नदिएको थापाले आरोप लगाएका छन्।

    ‘अतिथिलाई स्वागत छ तर‘’भन्दै उनले लेखेका छन्, ‘इजरायल(गाजा युद्धमा प्रत्येक दिन सयौँ व्यक्तिहरूले ज्यान गुमाइरहेका छन्, नाकाबन्दीले लाखौँको जीवन कष्टकर भइरहेको छ। यस्तो बेला संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेसको ‘प्रयोजन विहीन’ नेपाल भ्रमण आश्चर्यजनक छ।’

    संक्रमणकालीन न्यायका धेरै काम टुङ्गो नलागिसकेको अवस्थामा यो भ्रमणको कुनै औचित्य नभएको उनको भनाई छ।

    चार दिने नेपाल भ्रमणको क्रममा दुई दिन नाम्चे, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनी पुग्ने महासचिव गुटेरेसले मंगलबार भने संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।