कर्णालीको गरिबी अन्त्य गर्न र समृद्ध बनाउने मुख्य आधार कृषि र वन पैदावार नै हो : मुख्यमन्त्री शर्मा - Chaitanya News
  • 2026-05-26
  • 23:45:40
  • मंगलबार,जेठ १२, २०८३
  • कर्णालीको गरिबी अन्त्य गर्न र समृद्ध बनाउने मुख्य आधार कृषि र वन पैदावार नै हो : मुख्यमन्त्री शर्मा

    कर्णालीको गरिबी अन्त्य गर्न र समृद्ध बनाउने मुख्य आधार कृषि र वन पैदावार नै हो : मुख्यमन्त्री शर्मा

    त्रिवेणी– मुख्यमन्त्री राजकुमार शर्माले  कर्णालीको गरिबी अन्त्य गर्न र समृद्ध बनाउने मुख्य आधार कृषि र वनपैदावर रहेको बताएका छन्।

    आज (शुक्रबार) रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–६ मग्मामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्,

    यस्तै उनले त्यसका लागि भौगोलिक बनावट छुट्याएर व्यावसायिकरुपमा उत्पादन गर्ने किसानसँग हातेमालो गर्न लागेका छौँ र त्यसैका आधारमा खाका कोर्दैछौँ, कर्णालीमा भएको जडीबुटी, वन पैदावार, श्रम एकसाथ परिचालन गर्दैछौँ”,मुख्यमन्त्री शर्माले भने।

    बैङ्कले हामीलाई त्यति राम्रोसँग पत्याइराखेको अवस्था छैन, तिनै तहको सरकार मिलेर लघुवित्त बैङ्क निर्माण गरेर कम्तीमा किसानलाई नौ प्रतिशत व्याजमा ऋण प्रवाह गर्ने र किसानलाई उत्पादनमा लगाउने योजनाका साथ हामी अगाडि बढिरहेका छौँ, मलाई विश्वास छ, यो निर्णयमा सम्माननीय प्रधानमन्त्रीले यसको अनुमति दिनुहुनेछ र हामी अगाडि बढ्ने छौँ”, उनले भने।