राजावादीहरू कम्वोडियाको टेलिकममा ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागे : शङ्कर पोखरेल - Chaitanya News
  • 2026-11-16
  • 10:10:09
  • सोमबार,मंसिर ०१, २०८३
  • राजावादीहरू कम्वोडियाको टेलिकममा ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागे : शङ्कर पोखरेल

    राजावादीहरू कम्वोडियाको टेलिकममा ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागे : शङ्कर पोखरेल

    काठमाडौँ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजावादीहरू कम्वोडियाको टेलिकममा एमाले अध्यक्ष केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको बताएका छन्।आज (बुधबार)उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन्।

    वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु भएको बताए।यस्तै उनले यस्ता भ्रममा नपर्न समेत आग्रह गरे।

    उनले फेसबुकमा लेखेका छन्,‘पहिले माओवादीहरू जाउला खेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे।

    अहिले राजावादीहरू कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ।

    वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु हो।

    नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो। भ्रममा नपरौँ, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौँ।’