परिवर्तनले न राम्रो गर्‍यो न त सुधार आयो, जनताले सही पात्र छान्न पाउनुपर्छ : पूर्वराजा शाह - Chaitanya News
  • 2026-11-16
  • 10:03:18
  • सोमबार,मंसिर ०१, २०८३
  • परिवर्तनले न राम्रो गर्‍यो न त सुधार आयो, जनताले सही पात्र छान्न पाउनुपर्छ : पूर्वराजा शाह

    परिवर्तनले न राम्रो गर्‍यो न त सुधार आयो, जनताले सही पात्र छान्न पाउनुपर्छ : पूर्वराजा शाह

    काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको शुभकामना दिँदै देशको दुरवस्थाप्रति चिन्ता प्रकट गरेका छन्। अग्रगतिका नाममा ल्याइएको परिवर्तनले देशलाई राम्रो नगरेको उनको निष्कर्ष छ।

    आज (शुक्रबार) जारी गरेको शुभकामना सन्देशमा पूर्वराजाले भनेका छन्, ‘डेढ दशकको अवधिमा जनता उतिविधि उत्साहमा छैनन्, हर्षित छैनन्। हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हताशमा छन्। लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गर्‍यो न त सुधार आयो। हाम्रो देश झन् झन् खराबीतिर गयो भन्ने आम जनगुनासो सुनिन्छ।’

    जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनुपर्नेमा उनले जोड दिएका छन्। ‘देश र जनतामाथि अब कुनै प्रकारको घात हुनुहुँदैन, हाम्रो यही चाहना हो’, सन्देशमा भनिएको छ।