सरकारले गर्‍यो औद्योगिक प्रयोजनका लागि मरिच, केराउ र सुपारीको आयात खुल्ला - Chaitanya News
  • 2026-07-13
  • 12:04:56
  • सोमबार,आषाढ २९, २०८३
  • सरकारले गर्‍यो औद्योगिक प्रयोजनका लागि मरिच, केराउ र सुपारीको आयात खुल्ला

    सरकारले गर्‍यो औद्योगिक प्रयोजनका लागि मरिच, केराउ र सुपारीको आयात खुल्ला

    काठमाडौं– सरकारले औद्योगिक प्रयोजनका लागि मरिच, केराउ र सुपारीको आयात खुुला गरेको छ।

    बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्ष २०८०–८१ का लागि यी वस्तुको आयात खुला गरेको हो।

    उद्योगको कच्चा पदार्थको रुपमा यी तीन प्रकारका वस्तुको आयातको कार्यविधि २०७८ को प्रक्रिया पूरा गरेर आयातको अनुमति दिएको राजपत्रको सूचनामा उल्लेख छ।

    उद्योगको कच्चा पदार्थको रुपमा हार्मोनाइज्ड कोड ०७१३१००० को केराउ, हार्मोनी कोड ०८०२८००० को सुपारी र हार्मोनी कोड ०९०४११२० र ०९०४११३० को सेतो र कालो मरिच आयातका लागि मन्त्रालयले अनुमति दिएको हो।

    नयाँ आर्थिक वर्ष सुरुहुने बित्तिक्कै यी वस्तुको आयात फुकुवा नगरिँदा उत्पादन प्रभावित चाउचाउ, मसला र गुट्खा उद्योगहरुले छिटो आयात खुलाउन सरकारको ध्यानाकर्षण गराएका थिए।

    मसला उत्पादन गर्ने कम्पनी सेञ्चुरी, चाउचाउ उत्पादक चौधरी र पौष्टिक आहार उत्पादन गर्ने डाबर नेपनलले यी वस्तुको आयात फुकुवाका लागि आग्रह गरेका थिए।