काठमाडौं– फिनिस टेलिकम कम्पनी नोकियाले खर्च कम गर्न ठूलो संख्यामा कर्मचारी कटौती गर्ने भएको छ।
उसले सन् २०२६ सम्म ९ हजारदेखि १४ हजारसम्म कर्मचारी कटौती गर्ने घोषणा गरेको हो।
नोकिया कुनै समय विश्वको सबभन्दा ठूलो ह्याण्डसेट निर्माता कम्पनी थियो। तर स्मार्टफोनको दुनियाँमा पछाडि पर्यो र पछिल्लो समय उसले ५जी उपकरणको कारोबार थाल्यो।
तर जुलाइदेखि सेप्टेम्बरको बीचमा नोकियाको बिक्री २० प्रतिशतले घटेको छ। स्वीडेनको एरिक्सन र चीनको हुवावेसँगको ५जी नेटवर्कको प्रतिस्पर्धामा नोकियाको बिक्री २०२३ को तेस्रो महिनामा २० प्रतिशतले घटेर ४.९८ बिलियन युरो भएको छ।