पपुलिजमका कारण लोकतन्त्र जोखिममा, यस्तो बेला मिडियाको भूमिका आवश्यक : महामन्त्री थापा - Chaitanya News
  • 2026-11-16
  • 10:21:27
  • सोमबार,मंसिर ०१, २०८३
  • पपुलिजमका कारण लोकतन्त्र जोखिममा, यस्तो बेला मिडियाको भूमिका आवश्यक : महामन्त्री थापा

    पपुलिजमका कारण लोकतन्त्र जोखिममा, यस्तो बेला मिडियाको भूमिका आवश्यक : महामन्त्री थापा

    काठमाडौँ– नपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पपुलिजमका कारण नेपालमा लोकतन्त्र जोखिममा परेको बताएका छन्। आज (बिहीबार) काठमाडौंमा नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनल यस्तो बेला लोकतन्त्र रक्षाका लागि मिडियाको महत्त्वपूर्ण भूमिका रहेको समेत बताए। थापाले पपुलिजम कुनै राजनीतिक दल वा राजनीतिमा मात्रै समस्याका रूपमा नरहेको बताए।

    ‘पपुलिजम नेपालमा मात्रै होइन, अहिले विश्वभरि नै लोकतन्त्रका लागि सबैभन्दा चुनौतीको विषय बनेको छ। यो पपुलिजम फेरि एउटा आकार वा एउटा रङ्ग वा एउटा स्वरूपमा मात्रै आइरहेको छैन। पपुलिस्ट पनि हामी एक पटक एउटा दलको एउटालाई ऊ त्यो फलानोचाहिँ पपुलिस्ट छ भनेर भनिरहेका हुन्छौँ। तर त्यो त्यतिमै सीमित भएको पाइँदैन। यसले राजनीतिलाई मात्रै होइन, यसले मिडियालाई पनि गाँजेको छ,’ थापाले अघि भने, ‘यसले संसद्लाई, हाम्रा संस्थाहरूलाई, अदालतलाई समेत गाँजेको छ। पपुलिजम अब एउटा रोग नै बनिसकेको छ।

    उनले यस्तो बेला लोकतन्त्रलाई पपुलिजमबाट जोगाउन मिडियाको अर्थपूर्ण भूमिकाको खोजी भइरहेको बताए।

    महामन्त्री थापाले आगामी महासमिति बैठकबाट पार्टी र मुलुकका समस्याहरूलाई समाधानको दिशामा अघि बढाउन नीतिगत रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताए। ’