भ्रष्टाचारको फाइल खोल्दा आफ्नो मान्छेको अनुहार देखिएपछि सरकारको सातो गयो : रवि लामिछाने - Chaitanya News
  • 2026-11-16
  • 10:21:09
  • सोमबार,मंसिर ०१, २०८३
  • भ्रष्टाचारको फाइल खोल्दा आफ्नो मान्छेको अनुहार देखिएपछि सरकारको सातो गयो : रवि लामिछाने

    भ्रष्टाचारको फाइल खोल्दा आफ्नो मान्छेको अनुहार देखिएपछि सरकारको सातो गयो : रवि लामिछाने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोल्दा आफ्नो मान्छेको अनुहार देखिएपछि सरकारको सातो गएको आरोप लगाएका छन्।

    आज बिहिबार) काठमाडौँ २ मा आयोजित पार्टीको भेलामा बोल्दै उनले आफ्ना मान्छेको अनुहार देखिएपछि सरकारले भ्रष्टाचारको फाइल सबै बन्द गराएको आरोप लगाए।

    उनले भने, ‘सरकारले भ्रष्टाचारको फाइल खोल्दा हामीले स्वागत गरेका थियौँ। संसदमा मैले नै उभिएर भनेको थिएँ, भ्रष्टाचारको फाइल खोल्यो, जरोसम्म पुग्नु भनेको थिएँ। जरोसम्म त के भ्रष्टाचारको फाइलको पहिलो पन्ना पल्टाउनासाथ सरकारको सातो गयो। त्यहाँ त आफ्नो मान्छेको अनुहार झल्झल्ती आयो। आफ्नो मान्छेको अनुहार आउनसाथ भटाभट गरेर फाइल खोल्यौ नि भनेको मान्छे पहिलो पेजबाट दोस्रोमा नभई बन्द गरेर जस्ताको तस्तै बनेको छ।’

    उनले २०८४ सालपछि अहिले सरकारले बन्द गरेको फाइलको धुलो टकटक्याएर सबैलाई कारबाही गर्ने बताए।

    रविले भने, ‘केही चिन्ता गर्नुपर्दैन, २०८४ मा सबै धूलो टकटकाएर फाइलको पहिलो पन्नादेखि अन्तिमसम्म हेरेर सधैँका लागि बन्द गर्छौँ। हाम्रो परिवारदेखि मन्त्री, सांसद प्रधानमन्त्रीसम्म भए पनि छाड्दैनौँ।’

    उनले कोशीमा महागठबन्धन बनेकाले अब सदनमा प्रमुख प्रतिपक्षी आफ्नो दल भएको जिकिर गरे।