पुस १० मा काँग्रेस र एमालेको सरकार बनाउने सहमति ओलीले अस्वीकार गरे : महामन्त्री थापा - Chaitanya News
  • 2026-11-16
  • 10:21:11
  • सोमबार,मंसिर ०१, २०८३
  • पुस १० मा काँग्रेस र एमालेको सरकार बनाउने सहमति ओलीले अस्वीकार गरे : महामन्त्री थापा

    पुस १० मा काँग्रेस र एमालेको सरकार बनाउने सहमति ओलीले अस्वीकार गरे : महामन्त्री थापा

    काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पुस १० गते काँग्रेस र एमालेको सरकार बनाउने सहमति एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेको बताएका छन्।

    आज (बिहिबार) नेपाल प्रेस युनियन काठमाडौँको दसैँ शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले गठबन्धनमा पार्टी सभापति शेरबहादुर देउवाले विद्रोह गरेर ओलीसँग वार्ता गरेको भए पनि असफल भएको समेत सुनाए ।

    थापाले भने, ‘चुनावभन्दा अगाडि कसले के बाचा गरेको थियो हामीलाई थाहा छैन। तर, चुनावपछाडि पुस १० गते हाम्रो सभापतिलाई काँग्रेस ठूलो दल भएकाले काँग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने लाग्यो। जुन स्वाभाविक हो। र, काँग्रेस सभापतिले त्यो दिन विद्रोह गर्नुभयो । विद्रोह गरेर बालकोटमा ओलीसँग वार्ता गर्नुभयो। ओलीले काँग्रेसको सभापतिले विद्रोह गरेको त्यो स्विकार्दिनुभएन। मद्दत गरिदिनुभएन। नत्र त्यस बेलामै काँग्रेस एमालेको सरकार बनिसकेको हुन्थ्यो। काँग्रेस र एमालेको सरकार बनाउने भनेर प्रचण्डलाई घरबाट बिदा गरेर पठाएको त्यो दिन ओलीले मान्दिनुभएन।’

    महासमितिको बैठकले काँग्रेसले चुनावअघि गठबन्धन गर्न नहुने निर्णयमा उभिनुपर्ने उनले बताए।