बागमतीमा कांग्रेस नेतृत्वमा सरकार बनाऔं भनेर चार जना प्रदेश सभा सदस्यहरु मकहाँ आउनुभयो : महामन्त्री थापा - Chaitanya News
  • 2026-11-16
  • 10:17:05
  • सोमबार,मंसिर ०१, २०८३
  • बागमतीमा कांग्रेस नेतृत्वमा सरकार बनाऔं भनेर चार जना प्रदेश सभा सदस्यहरु मकहाँ आउनुभयो : महामन्त्री थापा

    बागमतीमा कांग्रेस नेतृत्वमा सरकार बनाऔं भनेर चार जना प्रदेश सभा सदस्यहरु मकहाँ आउनुभयो : महामन्त्री थापा

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बागमती प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग उठेको बताएका छन्। आज (बिहिबार) नेपाल प्रेस युनियनको शुभकामना आदान प्रदान तथा चियपान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले नेपाली कांग्रेसका चार जना प्रदेश सभा सदस्यहरु आफूकहाँ आएर माओवादी केन्द्रको नेतृत्वमा रहन नसक्ने बताएको समेत उनले जानकारी दिए।

    महामन्त्री थापाले भने, ‘आज म कहाँ चार जना बागमती प्रदेशका सांसदहरु आउनुभयो। उहाँहरु के भन्नुहुन्छ भने बागमती प्रदेशमा हामी सबभन्दा ठूलो पार्टी हो, हामी माओवादीलाई मान्दैनौं। सरकार बदलौं ।’

    महामन्त्री थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने समेत बताएका छन्।