विराटनगर– राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
मुख्यमन्त्री कार्कीले आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन्। सत्तारूढ गठबन्धन र नेकपा एमालेले उनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। ‘प्रदेशमा विपक्षी चाहिन्छ, हामी विपक्षीमा बस्छौं,’ राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले भने।
बुधबार बिहान बसेको नेकपा एमाले र नेपाली कांग्रेस दलको छुट्टाछुट्टै बैठकले विश्वासको मत दिने निर्णय गरेका थिए। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले यसअघि नै विश्वासको मत दिने निर्णय गरिसकेका छन्।