सार्वजनिक विद्यालयको शिक्षा पूर्णतः निशुल्क बनाउने प्रदीप पौडेलको प्रस्ताव - Chaitanya News
  • 2026-05-03
  • 05:44:17
  • शनिबार,बैशाख १९, २०८३
  • सार्वजनिक विद्यालयको शिक्षा पूर्णतः निशुल्क बनाउने प्रदीप पौडेलको प्रस्ताव

    सार्वजनिक विद्यालयको शिक्षा पूर्णतः निशुल्क बनाउने प्रदीप पौडेलको प्रस्ताव

    काठमाडौं– प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सार्वजनिक विद्यालयको शिक्षा पूर्णतः निशुल्क बनाउने प्रस्ताव गरेका छन्। विद्यालय शिक्षा विधेयक २०८० मा संशोधन हालेर उनले यस्तो प्रस्ताव गरेका हुन्।

    प्रस्तावित विधेयकको दफा १५ मा विद्यार्थीसँग लिइने शुल्क सम्बन्धी व्यवस्था छ। ‘सार्वजनिक विद्यालयले विद्यार्थीसँग शुल्क लिन पाउने छैन’ दफा १५(१) मा भनिएको छ। तर, निजी लगानीका विद्यालयले राष्ट्रिय मापदण्डको अधिनमा रही स्थानीय तहले तोकेको शीर्षक र सीमाभित्र शुल्क लिन सक्ने’ प्रस्तावित व्यवस्था छ।

    दफा १५(१) लाई संशोधन गरेर सार्वजनिक विद्यालयले विद्यार्थी वा विद्यार्थीको अविभावकबाट कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्था राख्नुपर्ने प्रस्ताव सांसद पौडेलले अगाडि बढाएका हुन्। दफा १५ को उपदफा २ यथावत राख्ने र उपदफा ३ थपेर विद्यालयले शुल्क लिएको वा नलिएको अनुगमन गर्ने व्यवस्था कानुनमै लेख्नुपर्ने उनको संशोधन छ।

    ‘उपदफा १ बमोजिम सार्वजनिक विद्यालय र उदफा २ बमोजिमको निजी लगानीमा सञ्चालनमा रहेका विद्यालयले शुल्क लिएको वा नलिएको अनुगमन सम्बन्धित स्थानीय सरकारले गर्नेछ र सोको जानकारी संघ तथा प्रदेश सरकारलाई दिनेछ’ संशोधन प्रस्तावमा भनिएको छ।

    ‘अहिले अभ्यासमा पूर्ण रुपमा निस्शुल्क लागू भएको छैन। विद्यालयहरुले शुल्क लिइरहेका छन्’ आफ्नो संशोधनबारे उननले भने, ‘राज्यले नियम कानुन बनाउँदा निस्शुल्क भन्ने र उल्लङ्घन हुने अवस्था चिर्नका लागि कानुनमै कुनै प्रकारको शुल्क लिन नपाउने व्यवस्था राखिनुपर्छ।