एमालेका कारण संविधान संशोधन रोकियो : रक्षामन्त्री खड्का - Chaitanya News
  • 2026-11-16
  • 10:50:00
  • सोमबार,मंसिर ०१, २०८३
  • एमालेका कारण संविधान संशोधन रोकियो : रक्षामन्त्री खड्का

    एमालेका कारण संविधान संशोधन रोकियो : रक्षामन्त्री खड्का

    काठमाडौँ– रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको दोस्रो संशोधनको प्रक्रिया नेकपा एमालेका कारण रोकिएको बताएका छन्।

    आज (मंगलबार) काठमाडौंमा आयोजित नेपाली कांग्रेसको जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्र

    यस्तै उनले भने,‘संविधानको दोस्रो संशोधनको प्रक्रिया पनि शेरबहादुर देउवाको नेतृत्वमा हामीले संविधानको दोस्रो संशोधनको तयारी गरेर प्रतिनिधि सभामा प्रस्ताव लिएर गएका थियौं। त्यो प्रस्ताव अरु कसैको कारणले हैन एमालेको कारणले असफल भयो। त्यो असफल भएको संशोधनको प्रक्रिया आज पनि बाँकी छ।

    रक्षामन्त्री खड्काले वर्तमान संविधान संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण विश्वास गर्ने दलहरूको अगाडि कार्यान्वयनको चुनौतीका रूपमा रहेको औँल्याए।

    संविधान जारी गर्दा आफूहरूले संविधान सभा मार्फत सिङ्गो नेपाली जनता र संसारका लोकतन्त्रवादीहरूलाई दिएको विश्वास पुरा गर्ने प्रक्रिया बाँकी नै रहेको उनको भनाई छ।