विदेशबाट फोनका भरमा गलत शक्तिले भोट पाए : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 10:47:40
  • सोमबार,मंसिर ०१, २०८३
  • विदेशबाट फोनका भरमा गलत शक्तिले भोट पाए : प्रधानमन्त्री प्रचण्ड

    विदेशबाट फोनका भरमा गलत शक्तिले भोट पाए : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशमा भएका लाखौँ नेपालीले मतदान नगर्दा मतदान फर्जी हुन थालेको बताएका छन्। जन प्रगतिशील मञ्च आबद्ध गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सँग भेटघाट तथा अन्तर्राष्ट्रिय कार्यक्रमलाई सम्बोधन उनले यस्तो बताएका हुन्। यस्तै उनले फोनका भरमा गलत शक्तिले भोट पाएको समेत बताए।

    उनले भने, ‘अहिले धेरै नेपाली विदेशमा छन्, उनीहरूको मतदानको अधिकार दिएपछि मात्रै फियर इलेक्सन हुने नेपालमा। विदेशमा भएको लाखौँ नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जी हुने भयो। उहाँबाट फोन गरेको भरमा मत राख्नुपर्ने र त्यहाँ चाहिँ सोसल मिडियाजस्तो विभिन्न माध्यमबाट प्रभावित हुने खतरा देखा पर्‍यो।

    देशको आवश्यकता, राजनीतिक चेतना, मूल्य मान्यता, भन्दा पनि भनसुनको आधारमा चल्ने हुन थालेको बताए। वस्तुगत र वैज्ञानिक ढङ्गले मतदानको अधिकार पनि दिनुपर्छ भन्ने नीति अन्तर्गत प्रवासीहरूलाई पनि मतदानको अधिकार दिनुपर्छ भनेर निर्वाचन आयोगलाई पनि निर्देशन गरेको बताए।