काठमाडौँ– शहरी विकास मन्त्रालयका नवनियुक्त सचिव सरजुकुमार वैद्यले पदभार ग्रहण गरेका छन्। गत २४ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले वैद्यलाई शहरी विकास सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो।
उनी यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको नेपाल ट्रस्टको कार्यालयमा सचिवका रूपमा कार्यरत थिए। मन्त्रालयमा हाजिर हुन पुगेका सचिव वैद्यलाई कर्मचारीहरूले स्वागत गरेका थिए।
तत्कालीन सचिव रवीन्द्रनाथ श्रेष्ठ अनिवार्य अवकाशमा गएसँगै शहरीमा सचिव पद रिक्त थियो।
मन्त्रालयमा पदभार ग्रहण गर्दै सचिव वैद्यले कर्मचारीहरुलई सरकारको नीति र कार्यक्रमअनुसार प्रतिबद्ध भएर काम गर्न निर्देशन दिए। उनले शहरी विकास मन्त्रालयको कार्यसम्पादनस्तर बढाउने गरी काम गर्न सबैको भूमिका महत्त्वपूर्ण हुने पनि बताए।