मुख्यमन्त्री कार्की बुधबार विश्वासको मत लिँदै - Chaitanya News
  • 2026-11-16
  • 10:48:15
  • सोमबार,मंसिर ०१, २०८३
  • मुख्यमन्त्री कार्की बुधबार विश्वासको मत लिँदै

    मुख्यमन्त्री कार्की बुधबार विश्वासको मत लिँदै

    विराटनगर– कोशी प्रदेशका मन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
    मुख्यसंविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन्।

    प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दर्ता गरेका छन्। विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनुभन्दा दुई दिन अगाडि प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने व्यवस्था अनुसार आजै प्रदेशससभामा सूचना दर्ता गरिएको हो।

    विश्वासको मत प्राप्त गर्न कार्कीले एमाले र गठबन्धनमा आबद्ध दलहरुबीच पनि छलफल गर्ने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ।