सामाजिक न्याय र सुशासनमा सरकार दृढ रहेको छ : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 10:48:40
  • सोमबार,मंसिर ०१, २०८३
  • सामाजिक न्याय र सुशासनमा सरकार दृढ रहेको छ : प्रधानमन्त्री प्रचण्ड

    सामाजिक न्याय र सुशासनमा सरकार दृढ रहेको छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय र सुशासनमा सरकार दृढ रहेको बताएका छन्।

    माओवादी नेता कृष्ण बढुवाल (महेश) को श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    बडुवाल सुदूर पश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुन्। निमोनिया बाट ग्रसित बडूवालको असोज १० गते भारत उपचारका लागी लैजाने क्रममा निधन भएको थियो। आज प्रधानमन्त्री प्रचण्ड बडूवालको स्मृतिमा आयोजित शोक सभामा पुगेका थिए।

    उनले सामाजिक न्याय र सुशासनका काम गर्दै महेश जस्ता योद्धाहरूको सपना पूरा गर्ने लक्ष्यमा सरकार रहेको बताए।

    ‘उहाँ जनताको लागि समाज रूपान्तरणको लागि क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो। यो पुरै परिवार सामाजिक रूपान्तरणको आदर्श प्रस्तुत गरेको छ’ प्रधानमन्त्री ‘प्रचण्ड’ले भने।

    ‘धैर्य गरेर महेशको सपना पूरा गर्नु पर्छ। देशको निम्ति समाजको निम्ति राम्रो काम गरेर अगाडि बढ्नु नै महेश जस्ता योद्धाहरूप्रतिको सम्झना र सम्मान हो।’

    महेशका दाजु कुम्भ बडूवालले भाइको स्मरण गर्दै सरकारले अझै राम्रो काम गर्नु पर्ने बताएका थिए।

    ‘निम्न वर्गका नागरिकका मुद्दा अझै बलियो ढङ्गले उठाउनु पर्छ। विकासलाई गति दिए भाइको सपना पूरा हुन्छ’ उनले भने।

    समाजवादी मोर्चाको सन्देश सभामा सहभागी हुन् प्रधानमन्त्री आज कैलाली आएका हुन्। धनगढीमा सन्देश सभा हुनु अघि प्रधानमन्त्री लम्की चुहा नगरपालिका पुगेका थिए।