१. परिवर्तन व्यवस्थापनको संक्षिप्त परिचय दिँदै परिवर्तनले सिर्जना गर्ने अवसर र यसको दिगोपनाका लागि अपनाउनुपर्ने उपायहरु लेख्नुहोस्। १+२+२=५
चालू स्थितिको तुलनामा हुने विचलन
परिवर्तन व्यवस्थापन
– सामान्य अर्थममा परिवर्तनले चालू स्थितिको तुलनामा हुने विचलन वा फरकपनालाई जनाउँदछ। आन्तरिक तथा बाह्य विभिन्न तत्वको उपस्थितिमा हुने समय र स्थान विशेषको फरकलाई सैद्धान्तिक रूपमा परिवर्तन भनिन्छ।
– परिवर्तन सकारात्मक वा नकारात्मक, क्रमबद्ध वा अप्रत्यासित, सानो वा ठूलो मात्राको, रणनीतिक वा अनिवार्य किसिमको हुने गरेको पाइन्छ। स्वभावतः परिवर्तनले व्यक्ति संगठन समाज र यिनीहरूको लक्ष्य, उद्देश्य, इच्छा, आकांक्षा, अपेक्षा मूल्य मान्यता तथा संरचना र कार्यविधिमा समेत अनिश्चितता वा भिन्नता पैदा गर्दछ।
– यस भिन्नता वा अनिश्चितताबाट सिर्जना हुने अवसर वा भयका कारण परिवर्तनको स्वीकार वा प्रतिरोध हुने गर्दछ। यही स्वीकार्यताको व्यवस्थापन र प्रतिरोधको सामना गरी नकारात्मक असरको निराकरण गर्दै परिवर्तनको वाञ्छित नतिजा प्राप्त गर्ने कला वा विधिलाई परिवर्तन व्यवस्थापन भनिन्छ।
परिवर्तनले सिर्जना गर्ने अवसर
परिवर्तन अवश्यम्भावी छ र यसले अन्ततोगत्वा अवसर नै सिर्जना गर्दछ। यसको नकारात्मक असर देखिए तापनि कुशल व्यवस्थापनको माध्यमबाट नकारात्मक असरको निराकरण गरी अवसरमा परिणत गर्न सकिने हुनाले परिवर्तन समस्याभन्दा बढी अवसर हो। परिवर्तनले सिर्जना गर्ने महŒवपूर्ण अवसर निम्नबमोजिम रहेको पाइन्छ।
१. व्यक्तिगत अवसर
– परिवर्तनमा समायोजित हुन पाउने,
– आफूलाई विकसित गर्दै लैजाने,
– सुधार र परिमार्जन गर्ने,
– नेतृत्व क्षमता विकास गर्ने,
२. सांगठनिक अवसर
– संरचना र कार्यविधिमा सुधार,
– मितव्ययिता कार्यदक्षता र कार्यकुशलता अभिवृद्धि गर्ने,
– नतिजामुखी हुने,
– समायोजित र अनुकुलित हुने,
– उत्तम गुण र क्षमताको जित हुने,
– सेवाग्राहीको सन्तुष्टिलाई आत्मसात गर्ने,
३. वातावरणीय वा अन्य असर
– सैद्धान्तिक अवधारणालाई आत्मसात गर्ने,
– आर्थिक सामाजिक विकासका नवीनतम मोडलहरू अवलम्वन गर्ने,
– सरकारको साख र वैधता पुष्टि गर्ने,
– दिगो जनमत प्राप्त गर्ने,
– अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने,
यसको दिगोपनाका लागि अपनाउनुपर्ने उपायहरु
– परिवर्तनका अन्तरवस्तुको परिभाषित गर्ने ,
– जनशक्ति र वित्तीय साधनस्रोत जुटाउने,
– कार्यसम्पादन सूचक र कार्यविधिहरु तय गर्ने ,
– अनुगमन तथा मूल्यांकन सूचक र संयन्त्रहरु तयार गर्ने,
– परिवर्तनको वातावरणीय स्क्यानिङ विश्लेषण गर्ने,
– चुनौतीलाई अवसरमा बदल्ने र दुर्बल पक्षको न्यूनीकरण गर्ने,
– विस्तृत कार्यान्वयन कार्य योजना तयार गर्ने,
– दूरदृष्टि र ध्येय निर्धारण गर्ने,
– प्राप्य लक्ष्य र उद्देश्यहरू तय गर्ने,
– सबल नेतृत्व प्रदान गर्ने।
अन्त्यमा, परिवर्तनले अपेक्षा गरेको सुधार र यसको दिगोपनाका लागि पाँचवटा तत्वहरू अनिवार्य मानिन्छन्। ती हुन् – सोंच, सीप, प्रोत्साहन, स्रोतसाधन, कार्ययोजना र नेतृत्व। यी पाँचमध्ये एकको मात्र पनि कमी हुँदा परिवर्तनको सकारात्मक लाभ व्यक्ति, संगठन र समाजले प्राप्त गर्न सक्दैन। साझा दृष्टिकोण र बुझाइ, प्रतिबद्धता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, विज्ञता, सक्षम नेतृत्व र सरोकारवालासमेतको स्वामित्वमा विशेष ध्यान पु¥याउन सकिएमा परिवर्तनले अपेक्षा गरेअनुसारको नतिजा र यसको दिगोपना सुनिश्चित गर्दछ।
२. प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कार्यक्षेत्र वारे लेख्नुहोस्। १०
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कार्यक्षेत्र
नेपाल सरकार (मन्त्रिपरिषद्) को कार्यक्षेत्रलाई विभिन्न मन्त्रालयहरूबीच बाँडफाँड गर्न र सरकारका कामकारबाहीलाई व्यवस्थित बनाई कार्यसम्पादनमा विशिष्टता हासिल गर्ने उद्देश्यले नेपाल सरकार (कार्यविभाजन) नियमावलीको व्यवस्था गरिएको छ। नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७४ को व्यवस्था अनुसार यस कार्यालयबाट सम्पादन हुने कार्यहरू देहायवमोजिम तोकिएका छनः
– मन्त्रिपरिषद् सम्बन्धी,
– नेपाल सरकारको कार्य विभाजन र कार्यसम्पादन नियमावली तर्जुमा तथा कार्यान्वयन,
– नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन,
– नेपाल सरकार मन्त्रिपरिषद्का निर्णयको कार्यान्वयन र अनुगमन,
– नेपाल सरकारका मन्त्रालयको कार्यको रेखदेख, निरीक्षण, नियन्त्रण र समन्वय,
– नेपाल सरकारको अल्पकालीन र दीर्घकालीन नीति, आवधिक योजना र रणनीतिको तर्जुमा, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्यांकन,
– प्रचलित कानूनबमोजिम प्रमाणीकरण गर्नुपर्ने लिखत,
– सङ्घीय विधेयक, अध्यादेश, नियम, आदेश, निर्देशिका र कार्यविधिसम्बन्धी,
– मुलुकको राजनीतिक, आर्थिक, सामाजिक अवस्था, पूर्वाधार, राष्ट्रिय सुरक्षा, शान्ति सुव्यवस्था, कूटनीतिक गतिविधि, प्रशासनिक गतिविधिहरूको अद्यावधिक जानकारी प्राप्ति, निर्देशन र समन्वय,
– शासकीय प्रबन्ध, सुशासन प्रवर्द्धन र प्रशासनिक सुधार,
– द्विपक्षीय तथा बहुपक्षीय सन्धि, सम्झौता, समझदारी र सहमति कार्यान्वयनको अनुगमन,
– सङ्घीय शासन प्रणाली र अन्तरप्रदेशसम्बन्धी कार्य,
– प्रधानमन्त्रीको सम्पर्क र सञ्चार,
– प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन,
– मानव अधिकारको संरक्षण, प्रवर्द्धन, समन्वय र प्रतिवेदन,
– भ्रष्टाचार विरुद्धको नीति, योजना तथा कार्यान्वयन,
– राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयसम्बन्धी,
– संवैधानिक परिषद्,
– सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य,
– प्रदेश प्रमुखसम्बन्धी,
– परराष्ट्र तथा सुरक्षा मामिला,
– अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
– लोक सेवा आयोग,
– राष्ट्रिय मानव अधिकार आयोग,
– महान्यायधिवक्ताको कार्यालय र सरकारी वकिलको सम्पर्क निकाय,
– राष्ट्रिय योजना आयोग,
– राष्ट्रिय पुनर्निर्माण प्राधिकरण,
– लगानी बोर्ड,
– राष्ट्रिय सतर्कता केन्द्र,
– सार्वजनिक खरिद अनुगमन कार्यालय,
– नेपाल ट्रष्टको कार्यालय,
– गरिबी निवारण कोष,
– राष्ट्रिय अनुसन्धान विभाग,
– सम्पत्ति शुद्धीकरण विभाग,
– राजस्व अनुसन्धान विभाग,
– विषय विज्ञ समूह,
– राष्ट्रिय तथा अन्तर प्रदेशस्तरीय विकास आयोजनाहरूको नतिजा व्यवस्थापन,
– प्रदेशका पदाधिकारी तथा कर्मचारीको वैदेशिक भ्रमणसम्बन्धी नीति, कानून र मापदण्ड,
– गैरसरकारी संस्थाको नियमनसम्बन्धी मापदण्ड,
– भ्रष्टाचार निगरानी, नेपाल ट्रष्ट, राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, लगानी बोर्ड, गरिबी निवारण कोष, सार्वजनिक खरिद र राष्ट्रिय पुनर्निर्माणसम्बन्धी निकायहरू र सोसम्बन्धी नीति, कानून र मापदण्ड,
– विपद् व्यवस्थापन सम्बन्धी समन्वय,
– प्रधानमन्त्री केन्दीीय विपद् सहायता कोष सञ्चालन,
– अदालतको फैसला कार्यान्वयन तथा अनुगमन,
– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय,
– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान आदिको सञ्चालन र नियमन,
– नेपाल न्याय सेवाको सरकारी वकील समूहको सञ्चालन,
– प्रधानमन्त्री र मन्त्रिपरिषद्सम्बन्धी अन्य कार्यहरू,
– अवशिष्ट अधिकारको प्रयोग।
कार्यविभाजन नियमावलीमा उल्लेख भए बमोजिमका कार्यहरू सम्पादन गर्न यस कार्यालयको पछिल्लो पुनःसंरचनाले देहायको संगठन संरचनाको व्यवस्था गरेको छ
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100