कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका कार्की र सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध - Chaitanya News
  • 2026-11-16
  • 11:08:50
  • सोमबार,मंसिर ०१, २०८३
  • कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका कार्की र सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध

    कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका कार्की र सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध

    काठमाडौं– नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले केदार कार्की र केदार कार्कीलाई प्रदेश मुख्यमन्त्रीमा समर्थन गर्ने अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ।

    प्रदेश महामन्त्री उमेश थापाका अनुसार समितिको बैठकले पार्टीलाई एकतावद्ध बनाउन कोशी संसदीय दललाई अनुरोध गरेको छ।

    सत्तारूढ गठबन्धनले कोशीमा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। तर केदार कार्कीसहित काँग्रेसका सांसदहरूले उक्त निर्णयलाई चुनौती दिएका थिए।