धनगढी- देउडा गायक एवम् कांग्रेस नेता सुरत रावत ‘डोटेली कान्छा’ सम्मानित भएका छन्। उनलाई नेपाल सांस्कृतिक महासंघ जिल्ला कार्यसमिति डोटीले सम्मान गरेको हो।
नेपाली कांग्रेसले अवलम्वन गरेका आदर्श, मूल्य र मान्यतालाई आत्मसाथ गर्दै सांस्कृतिक क्षेत्रबाट सांगठनिक रूपमा नेपाल सांस्कृतिक महासंघमा आवद्ध भई पुर्याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गरिएको डोटी शाखा सभापति चन्द्रा कुमारी साउँदले बताइन्।
डोटेली कान्छा नेपाली कांग्रेस प्रदेश समिति सदस्य पनि हुन्। उनले नेपाल सांस्कृतिक संघका साथै विभिन्न सांगठनिक जिम्मेवारीमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
डोटी कान्छाका दाइको ब्या भ्यो भाइको लै ब्या भ्यो, वमेरा बोलगायत दर्जनौं गीत चर्चित छन्।
