काठमाडौँ– गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढ्दो प्राकृतिक प्रकोपको क्षतिलाई हेर्दा विपद् व्यवस्थापनको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको महसुस हुने बताएका छन्।
आज (शुक्रबार) काठमाडौंमा आयोजित पहिरो, भूकम्पको पूर्वसूचना न्यूनीकरणको आधार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले विपद् व्यवस्थापन विपद्, प्रकोप घटाउने कुरामा मात्र सीमित नभई देश विकासको प्रमुख जगको रूपमा रहेको समेत बताए।
‘हरेक वर्ष बाढी पहिरोबाट हुने गरेको क्षतिले विपद् व्यवस्थापनको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको कुरालाई प्रस्ट्याइरहेको छ’ उनले भने।
ठूलो लगानी रहेका पूर्वाधारका योजनाहरूलाई सुरक्षित बनाउन आवश्यक रहेको मन्त्री श्रेष्ठको भनाइ थियो।
उनले नेपाल सरकार यो तथ्यलाई महसुस गर्दै आवश्यक नीति बनाउन सधैँ तत्पर रहेको बताए।