कोशीमा सरकार गठनमा सहयोग गर्न लिङदेनलाई ‘प्रचण्ड’को प्रस्ताव - Chaitanya News
  • 2026-11-16
  • 11:22:57
  • सोमबार,मंसिर ०१, २०८३
  • कोशीमा सरकार गठनमा सहयोग गर्न लिङदेनलाई ‘प्रचण्ड’को प्रस्ताव

    कोशीमा सरकार गठनमा सहयोग गर्न लिङदेनलाई ‘प्रचण्ड’को प्रस्ताव

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष लिङदेनबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

    भेटमा समसामयिक राजनीतिक घटनाक्रम, कोशी सरकार गठन लगायतको विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए। उनले भने, ‘अध्यक्षज्यू र प्रधानमन्त्रीको भेटवार्ता भएको थियो। त्यहाँ प्रधानमन्त्रीले कोशी सरकार गठनको लागि सहयोग गर्न प्रस्ताव गर्नुभएको छ। हाम्रोतर्फबाट अध्यक्षज्यूले ठोस जवाफ दिनुभएको छैन।’

    उनले प्रधानमन्त्रीसँग फेरि भेट्ने सहमति भएको समेत बताए।

    उनले भने, ‘कोशीमा सरकार गठनको लागि हामी नै निर्णायक हौँ। त्यसैले अहिले त्यसबारेमा संवाद सुरु भएको छ। कुनै सहमतिमा पुगेका छैनौँ।’

    त्यसो त कोशीमा आफ्नै नेतृत्वको सरकार बनाउने निर्णय गरेको काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि अध्यक्ष लिङदेनसँग भेट्ने तयारी गरेका छन्। आज बिहान बसेको काँग्रेस पदाधिकारी बैठकले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो।

    कोशीमा सरकार गठनको लागि अहिले गठबन्धन दल राप्रपाको साथ खोजेको छ। कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको दाबी गर्न प्रदेश प्रमुखले असोज २६ गते समय दिएका छन्।