शिक्षक सेवा आयोग मावि तृतीय तहको नतिजा सार्वजनिक - Chaitanya News
  • 2026-07-16
  • 12:32:23
  • बिहिबार,आषाढ ३२, २०८३
  • शिक्षक सेवा आयोग मावि तृतीय तहको नतिजा सार्वजनिक

    शिक्षक सेवा आयोग मावि तृतीय तहको नतिजा सार्वजनिक

    काठमाडौं- शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    आयोगले लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरुको यही असोज १७ र १८ गते अन्तर्वार्ता सञ्चालन गरेको थियो।

    आयोगको नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित र अन्तर्वार्ताको प्राप्ताङ्कको आधारमा नतिजा प्रकाशन गरेको आयोगले जनाएको छ।

    आयोगले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नोपली विषयमा छनोट भएका उम्मेदवारहरुलाई स्थायी नियुक्ति सिफारिसका लागि योग्यता क्रमसहितको नतिजा सार्वजनिक गरेको हो।

    अन्तर्वार्तामा सहभागी भएकाहरुले आयोगको वेबसाइटमा गएर आफ्नो नजिता हेर्न सक्नेछन्।