महामन्त्री थापाले भने: शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्छ - Chaitanya News
  • 2026-11-16
  • 11:21:41
  • सोमबार,मंसिर ०१, २०८३
  • महामन्त्री थापाले भने: शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्छ

    महामन्त्री थापाले भने: शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्छ

    काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताएका छन्।

    आज (शुक्रबार) प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। यस्तै उनले विद्यालयमा पढिरहेको विद्यार्थी पढिसके पछाडि त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जाने गरेको समेत बताए।

    थापाले विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पु¥याउनुपर्ने जिम्मा अब सांसदको हातमा रहेको बताए। उनले वृहत् छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउन जरुरी रहेको बताए। शिक्षण पेशालाई आकर्षक, मर्यादित पेशा बनाउनुपर्ने उनको भनाई छ।

    थापाले शिक्षकहरुको तलब सबैभन्दा उच्च हुनुपर्ने भन्दै शिक्षकका सकारात्मक कुरालाई ग्रहण गर्नुपर्ने बताए। उनले एक वर्ष नै लागेपनि यो संसद्ले विधेयक बनाइसकेपछि अर्को १५–२० वर्ष नेपालको विद्यालय शिक्षालाई यसले मार्ग दर्शन गर्ने बताए।