काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले नै जघन्य अपराधी छाडेको आरोप लगाएका छन। आज (शुक्रबार) शिक्षा विधेकमाथि सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन। यस्तै उनले सरकारले निरन्तर कमजोरी गर्दै आइरहेको समेत औँल्याए। सत्तापक्ष र प्रतिपक्ष नभनी सहमतिमा टुङ्ग्याउनुपर्ने उनको भनाई छ।
सदनमा उनले भने, ‘सरकारले कैयौँ निर्णयहरूमा कमजोरी गरिरहेको छ। यो निर्णयमा कमजोरी नगरोस्। शिक्षकहरूले गरेको आन्दोलनका क्रममा भएका सम्झौताहरूलाई संशोधनको अङ्ग बनाइराखेर परिमार्जित गरेर अगाडि बढोस्।’
सरकारमा जो भएपनि विद्यालयमा सबै भएकाले त्यसतर्फ गम्भीर हुन उनले आग्रह गरे।
उनले भने, ‘एउटा भनाइ छ ठुलाको लागि जेल बनाउनुभन्दा सानाको लागि विद्यालय बनाउनु राम्रो कुरा हो। सरकार एकातिर सानालाई व्यवस्थित विद्यालयको परिकल्पना गर्दैछ। अर्कोतिर ठूलाका लागि जेल बनाउनुहुन्न भन्ने कुरा त सही हो। जघन्य अपराधमा रहेका आममाफीको प्रक्रियाबाट छाड्दै छ। त्यसैले कानून बनाएरमात्रै समाज सुन्दर बन्दैन। कार्यान्वयन गर्ने सरकार कति गम्भीर बन्छ।’