२० महिनापछि शपथ लिँदै तरुण दलका अध्यक्ष - Chaitanya News
  • 2026-11-16
  • 11:22:12
  • सोमबार,मंसिर ०१, २०८३
  • २० महिनापछि शपथ लिँदै तरुण दलका अध्यक्ष

    २० महिनापछि शपथ लिँदै तरुण दलका अध्यक्ष

    काठमाडौँ– नेपाली कांग्रेसको युवा सङ्गठन नेपाल तरुण दलका अध्यक्षले २० महिनापछि शपथ लिने भएका छन। कांग्रेस सभापति शेरबहादुर देउवाले असार १३ गते विद्धान गुरुङ नेतृत्वको कार्यसमितिमा ४ सय सदस्य मनोनीत गरेका थिए।

    देउवाले २०८९ चैत ९ मा तरुण दलको अध्यक्षमा गुरुङलाई नियुक्त गरेका थिए। गुरुङले पनि अध्यक्ष बनेको २० महिनापछि भोलि देउवा निवास धुम्बाराहीमा शपथ लिँदै छन्।

    ६ महिनाभित्र महाधिवेशन गराउने गरी जिम्मेवारी पाएका गुरुङले २० महिनापछि शपथ लिन लागेका छन्। अध्यक्ष गुरुङले आइतबार दिउँसो प्रज्ञा प्रतिष्ठानमा कार्यसमितिका सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ।

    गुरुङले रातोपाटीलाई भने, ‘ भोलि धुम्बाराहीमा मैले शपथ लिन्छु । त्यसपछि आइतबार दिउँसो मैले कार्यसमितिका सदस्यलाई शपथ गराउँछु।’ कार्यसमिति सदस्य थप्ने तयारीपछि शपथ ढिलो भएको थियो। ४ सय जनाको शपथपछि २०–२५ जना सदस्य थप्न गुरुङको भनाइ छ।