काठमाडौँ– उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि बेलायतका आवासीय राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ।
बिहीबार भएको भेटका अवसरमा नेपाल र बेलायतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने क्रममा विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
उपप्रधानमन्त्री खड्कालाई नवनियुक्त राजदूत फेनलाई स्वागत गर्दै बेलायत र नेपालबीच सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै उनको नेपाल बसाइको क्रममा दुई देशबीचको सम्बन्धलाई थप फराकिलो बनाउँदै नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
त्यस्तै, राजदूत फेनले दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको र यसबीचमा दुई देशको सम्बन्धले नयाँ उचाइ लिएको बताए। भेटमा रक्षा र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
