माओवादीमा छोरीज्वाइँ र भाइभतिजा सप्रेका छन्, कार्यकर्ता तड्पिएका छन् : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-16
  • 11:37:39
  • सोमबार,मंसिर ०१, २०८३
  • माओवादीमा छोरीज्वाइँ र भाइभतिजा सप्रेका छन्, कार्यकर्ता तड्पिएका छन् : अध्यक्ष ओली

    माओवादीमा छोरीज्वाइँ र भाइभतिजा सप्रेका छन्, कार्यकर्ता तड्पिएका छन् : अध्यक्ष ओली

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीमा छोरीज्वाइँ र भाइभतिजा सप्रेका र कार्यकर्ता तड्पि रहेका बताएका छन। आज (बिहिबार)पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले ओवादीका नेता कार्यकर्ताले आफूसँगको भेटमा गुनासो पोख्ने गरेको समेत बताए। उनलेले माओवादीसँग कुनै नीति नभएको पनि बताए।

    उनले भने, ‘माओवादीले नराम्रोबाहेक केही गरेका छैनन् । माओवादीका नेता कार्यकर्तासँग भेट गर्दा मसँग पीडा पोख्छन्। छोरी ज्वाइँ, भाइ भतिजा सप्रेका छन् माओवादी नेता कार्यकर्ता पीडित भएर तड्पिएका छन्। तीनले गरेको योगदान सम्झिन पनि फुर्सद छैन। यिनीहरूसँग कुनै नीति छैन।

    उनले काँग्रेस माओवादीको पछाडि लागेको देखेर आफूलाई अचम्म लागेको बताए।

    उनले भने, ‘काँग्रेस र हामी सँगसँगैको पार्टी हौँ। तर, काँग्रेस साँच्चै पुरानो भयो। केही पनि गर्न नसक्ने। ८७ सीट छ तर ३२ सिटको पछाडि लुरुलुरु लागेको छ। निरीह भएको छ। आफूसँग कति सीट छ पनि चाल पाउँदैनन्। माधव नेपालले भन्नु त ठिक हो। जेसुकै गल्ती गरेपनि काँग्रेसपछिको सरकार सोच्न सकिँदैन। हामी काँग्रेसकै पछि लाग्छौँ। माधव नेपाललाई त सुहाउँछ। तर, काँग्रेस चाहिँ ३२ सिटको पछाडि किन लागेको छ।’