केही दलले अहिलेदेखि नै भोटको राजनीति गर्न थालेका छन : सांसद झा - Chaitanya News
  • 2026-11-16
  • 11:38:44
  • सोमबार,मंसिर ०१, २०८३
  • केही दलले अहिलेदेखि नै भोटको राजनीति गर्न थालेका छन : सांसद झा

    केही दलले अहिलेदेखि नै भोटको राजनीति गर्न थालेका छन : सांसद झा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले केही दलले अहिलेदेखि नै भोटको राजनीति गर्न थालेको बताएका छन्।

    आज (बिहीबार) प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले देशका केही भू(भागमा साम्प्रदायिक दंगा निम्त्याउने प्रयास भइरहेको समेत बताए।

    हाम्रो देशको केही भू(भागहरू हामी धर्मको लडाइँ गर्दैछौं, त्यहाँ साम्प्रदायिक दंगा निम्त्याउने प्रयास हुँदैछ। केही दलहरूले र केही राजनीतिज्ञहरूले अहिलेदेखि नै भोटको राजनीति गर्न थालेका छन्। कसैका लागि पनि यो फाइदाजनक छैन,’ उनले भने, ‘केही राजनीतिक स्वार्थ समूहले केही क्षणिक फाइदा देला तर आउने पुस्ताले के पाउँछ?’

    उनले केही वर्षदेखि दल र सम्प्रदायको झण्डा बोकाउन सिकाइएको र अहिले धर्मको झण्डा बोक्न सिकाइएको पनि बताए। ‘तर कुनै पनि पुस्तालाई हामीले देशको झण्डा बोक्न सिकाएनौं,’ उनले भने, ‘देशको झण्डा कसले बोकिदिने?