कोशी प्रदेशमा शनिबार विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी - Chaitanya News
  • 2026-11-16
  • 11:38:19
  • सोमबार,मंसिर ०१, २०८३
  • कोशी प्रदेशमा शनिबार विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी

    कोशी प्रदेशमा शनिबार विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी

    काठमाडौँ – कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदैछ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आहृवान गरेका हुन्।

    सर्वोच्च अदालतको परमादेशपछि २२ भदौंमा संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आहृवान गरेका हुन्।

    उनले २० असोजमा विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री नियुक्त भएको पनि २० असोजमा ३० दिन पुग्दैछ।

    असोज २० गते नै विश्वासको मत लिने तयारी भएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए। आजको बैठकमा गत २४ भदौंमा सरकारले ल्याएको अध्यादेश टेवल हुनेछ।