काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजेबाट शुरु भएको बैठक चलिरहेको छ।
आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूसँगै केही प्रशासनिक निर्णय हुन सक्नेछ। बैठकले रिक्त खानेपानी मन्त्रालयको सचिव नियुक्त गर्ने निर्णय हुने प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी प्राप्त भएको छ।
‘सुरेश आचार्य, प्रमीला बज्राचार्य र मणिराम गेलालमध्येबाट एक जनालाई शहरी सचिवमा पठाउन सक्ने र सम्भवतः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई नै शहरी सचिवको जिम्मेवारी दिने देखिन्छ’ स्रोतले भन्यो, ‘उनी बुझेका र इमानदार सचिवका रूपमा मानिन्छन्।’
तत्कालीन सचिव रवीन्द्रनाथ श्रेष्ठ अनिवार्य अवकाशमा गएसँगै शहरीमा सचिव पद रिक्त रहेको छ ।