काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा सरकारहरू स्वेच्छाचारी देखिएको बताएका छन्। आज (मंगलबार) प्रतिनिधि सभाको ठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
सरकार जनताप्रति अनुत्तरदायी रहेको बताए। ‘काँग्रेसको नेतृत्वको गठबन्धन, त्यसयता अहिले माओवादी केन्द्रको नेतृत्वको सरकार कस्ता देखिएका छन् तपाईँ हामी सबैले देखेका छौँ, भन्न मिल्नु नमिल्नु, सक्नु नसक्नु बेग्लै हो। वास्तवमै यी सरकारहरू चरम अनुत्तरदायी गैर जिम्मेवार देखिएका छन्, स्वेच्छाचचारी देखिएका छन्, ’उनले भने, ‘विकास विरोधी देखिएका छन्। विकासका कामहरूलाई ठप्प पारेका छन्।’
चालु आयोजना रोकिएको र काम सम्पन्न भएकालाई भुक्तानी नदिइएको ओलीको भनाइ थियो। निर्माण व्यवसायीको पैसा भुक्तानी नहुँदा समस्या आएको उनले बताए।