आज संसदलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने - Chaitanya News
  • 2026-11-16
  • 12:10:55
  • सोमबार,मंसिर ०१, २०८३
  • आज संसदलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने

    आज संसदलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने

    काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बोल्ने भएका छन्।

    संसद् सचिवालयका अनुसार आजको बैठकमा बोल्नका लागि ओलीले समय मागेका छन्।

    बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्दै छ।