काठमाडौं– आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारभाउ सुनको मूल्य एकै दिन तोलामा १३ सय रुपैयाँले घटेको हो।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ४०० रुपैयाँ कायम थियो।
यस्तै, आज चाँदीको मूल्यमा समेत उच्च अंकको गिरावट आएको छ। आज तोलामा ३० रुपैयाँले घटेसँगै चाँदीको कारोबार मूल्य १३ सय १० रुपैयाँ तोकिएको छ। हिजो सोमबार चाँदीको कारोबार मूल्य तोलामा १३ सय ४० रुपैयाँ थियो।
यससँगै, पछिल्लो ९ दिनमा सुनको मूल्य प्रतितोला ५ हजार ६०० ले घटिसकेको छ। गत साताको आइताबर छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ थियो। जुन, निरन्तर घटेर आज १ लाख ६हजार ६०० रुपैयाँमा आइपुगेको हो।