काठमाडौँ– नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले अब आफूहरूलाई रास्वपा सभापति रवि लामिछानेको भाष्य बोल्ने छुट नभएको बताएकी छन्।
आज (आइतबार) इटहरीमा आयोजित समाजवादी जागरण अभियानमा बोल्दै उनले यस्तो बताएकी हुन्। यस्तै उनले उनले सानो भए पनि आफ्नो पार्टी राज्यको शक्ति भएको दाबी समेत गरिन्।
झाँक्रीले भनिन्, ‘हामीलाई अब रवि लामिछानेको भाष्य बोल्न छुट छैन। सानो पार्टी भए पनि हामी राज्यको जिम्मेवार शक्ति हौँ। अब हामी संवैधानिक कुरा गर्छौँ। संविधानमा सङ्कट आयो भने हामीले बचाउनुपर्छ, भन्छौँ।
उनले कोशी प्रदेश सरकार गठनमा पनि अब विवेकपूर्ण रूपमा कदम चाल्नुपर्ने बताइन्। अहिलेको सङ्कट एकातिर राखेर ५० वर्षपछिको कुरामा हिँड्न नहुने उनको भनाइ छ।