सुशासन, समृद्धि र सामाजिक न्यायलाई सरकारले मूल मन्त्र बनाएको छ : उपप्रधानमन्त्री श्रेष्ठ - Chaitanya News
  • 2026-11-16
  • 12:10:30
  • सोमबार,मंसिर ०१, २०८३
  • सुशासन, समृद्धि र सामाजिक न्यायलाई सरकारले मूल मन्त्र बनाएको छ : उपप्रधानमन्त्री श्रेष्ठ

    सुशासन, समृद्धि र सामाजिक न्यायलाई सरकारले मूल मन्त्र बनाएको छ : उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौँ– गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्ध सुशासनको अभियान सरकारले जारी राख्ने बताएका छन्। भ्रष्टाचार, अपराधीकरणलाई प्रभावकारी नियन्त्रण गरी दण्डहीनताको अन्त्य गर्नु सरकारको मिसन भएको जिकिर गर्दै अभियान जारी राख्ने बताएका हुन्।

    ‘सरकारमा पनि रहिराख्ने अनि तैं चुप मैँ चुपको धन्दा हामी चलाउँदैनौँ । सुशासन, समृद्धि र सामाजिक न्यायलाई सरकारले मूल मन्त्र बनाएको छ। यो अभियान जारी रहन्छ,पूर्णविराम लाग्दैन’, सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भने( ‘हामी भ्रष्टाचारविरुद्धको अभियान अगाडि बढाउँछौँ। अपराधीकरणको प्रभावकारी नियन्त्रण गरी दण्डहीनताको अन्त्य गर्छौँ।’

    कर्मचारीले सुराकीका नाममा र मन्त्रीले अपारदर्शी रूपले खर्च गर्न पाउने पञ्चायतकालीन प्रावधान खारेज गरेर सुशासनको अभियान अगाडि बढाएको श्रेष्ठले बताए। नक्कली शरणार्थी प्रकरण, ललिता निवास, ६१ किलो सुन छानबिनसहित मुद्दा दायर भएको, सामन्तवादको अवशेषका रूपमा रहेको मिटर ब्याजलाई नियन्त्रण र कारबाही गर्न सरकारले नयाँ ऐन बनाएको उनले बताए।