कालोपट्टि बाँधेर स्थानीय तहका कर्मचारी सडकमा, काम ठप्प - Chaitanya News
  • 2026-07-16
  • 11:30:14
  • बिहिबार,आषाढ ३२, २०८३
  • कालोपट्टि बाँधेर स्थानीय तहका कर्मचारी सडकमा, काम ठप्प

    कालोपट्टि बाँधेर स्थानीय तहका कर्मचारी सडकमा, काम ठप्प

    काठमाडौँ– स्थानीय तहका कर्मचारीले आन्दोलन थालेका छन्। निजामती विधेयकमा आफूहरूलाई उपेक्षा गरेको भन्दै उनीहरू हातमा कालोपट्टि बाँधेर काम ठप्प पार्दै सडकमा उत्रिएका हुन्।

    यसअघि शिक्षक र डाक्टरहरूले विभिन्न पेशागत तथा सुरक्षाको माग राख्दै सडक तताएका थिए। सरकारले उनीहरूसँग सम्झौता गरिसकेको छ।

    स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिको आव्हानमा भएको आन्दोलनमा देशका विभिन्न पालिकाबाट कर्मचारी काठमाडौँ भेला भएका छन्।

    उनीहरूले संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाबाटै रहने व्यवस्था गर्नुपर्ने, निजामतीको परिभाषामा आफूहरूलाई समेट्नुपर्ने, तीनै तहका कर्मचारीको समान वृत्ति विकास गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीलाई उचित व्यवस्थापन गर्नुपर्ने, ट्रेड युनियनको अधिकार दिनुपर्नेलगायतका माग राखेका छन्।