आज कुन तरकारी तथा फलफूलको मूल्य कति? - Chaitanya News
  • 2026-05-26
  • 21:30:37
  • मंगलबार,जेठ १२, २०८३
  • आज कुन तरकारी तथा फलफूलको मूल्य कति?

    आज कुन तरकारी तथा फलफूलको मूल्य कति?

    काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी तथा फलफूलको मूल्य तोकेको छ।

    आज भारतीय गोलभेडा (ठूलो), परवर र झिगूनी प्रतिकेजी ४५ रुपैयाँ, लोकल सानो गोलभेडा र भिण्डी प्रतिकेजी ५५ रुपैयाँ, टनेल गोलभेडा ७० रुपैयाँ, भारतीय सानो गोलभेडा ५० रुपैयाँ, मुडेको रातो आलु ५७ रुपैयाँ, सेतो आलु ४६ रुपैयाँ ५० पैसा, सुकेको प्याज ७५ रुपैयाँ ८० पैसा, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८२ रुपैयाँ, तने बोडी र भटमासकोशा ७५ रुपैयाँ, मटरकोशा ३३५ रुपैयाँ, राजमा घिउ सिमी १७० रुपैयाँ तोकिएको छ ।

    त्यस्तै, चिचिण्डो प्रतिकेजी ३६ रुपैयाँ ६७ पैसा, घिरौला ६६ रुपैयाँ, बरेला १२६ रुपैयाँ ६७ पैसा, स्कूस १२ रुपैयाँ, रायोको साग ५६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १२६ रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, कुरीलो ४३३ रुपैयाँ ३३ पैसा, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली २८३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा तोकेको छ।

    रातो बन्दा ४२५ रुपैयाँ, सेलरी ३५० रुपैयाँ, पार्सले ५५० रुपैयाँ, पुदीना ५६६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ ३४० रुपैयाँ, कागती २३५ रुपैयाँ, कालो अंगुर ४२५ रुपैयाँ, अनार ४३५ रुपैयाँ, लोकल काक्रो ८० रुपैयाँ, शरीफा र अकबरे खुर्सानी २५० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अदुवा १७० रुपैयाँ तोकिएको छ।