आयल निगमलाइ रवि लामिछानेको प्रश्न: कर्मचारीलाई बोनस बाँड्ने आयल निगमको घाटा के हो? - Chaitanya News
  • 2026-07-13
  • 13:24:19
  • सोमबार,आषाढ २९, २०८३
  • आयल निगमलाइ रवि लामिछानेको प्रश्न: कर्मचारीलाई बोनस बाँड्ने आयल निगमको घाटा के हो?

    आयल निगमलाइ रवि लामिछानेको प्रश्न: कर्मचारीलाई बोनस बाँड्ने आयल निगमको घाटा के हो?

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयल निगममाथि प्रश्न उठाएका छन्।

    आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। यस्तै उनले भने, ‘आयल निगम आयात पनि आफैँ गर्छ। व्यापार पनि आफैँ गर्छ। नियामक निकाय पनि उही हो। सबै कुरा आफैँ गर्छ। कर्मचारीलाई बोनस बाँड्न भ्याउँछ। तर, सधैँ घाटामा छु भन्छ । घाटा के हो रु निर्क्योल गरियोस्। अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएको हो भने घटेका बेलामा मूल्य घटाउन दुईतीन दिन किन लगाउँछ रु