काठमाडौँ– आज सुन र चाँदीकै मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजार भाउ गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो।
तोलामा ८०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँ छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ। गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ थियो।
यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । महासंघले प्रतितोला ३५ रुपैयाँले घटेसँगै चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । गत साताको शुक्रबार १३ सय ९५ रुपैयाँ कायम थियो।