बढ्यो ग्याँसको मूल्य - Chaitanya News
  • 2026-05-26
  • 21:30:50
  • मंगलबार,जेठ १२, २०८३
  • सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिबा राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाएको हो । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको छ ।

    खाना पकाउने एलपी ग्यासको मूल्यमा उच्च वृद्धि भएको छ । प्रतिसिलिन्डर मूल्य २१५ रुपैयाँ बढेको छ । यसअघि १८९५ रुपैयाँ थियो । पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

    १५ दिनअघि पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।