उमेश मैनाली भन्छन्- कर्मचारीलाई तर्साउने र धम्काउने गर्नु हुँदैन - Chaitanya News
  • 2026-11-16
  • 13:19:21
  • सोमबार,मंसिर ०१, २०८३
  • उमेश मैनाली भन्छन्- कर्मचारीलाई तर्साउने र धम्काउने गर्नु हुँदैन

    उमेश मैनाली भन्छन्- कर्मचारीलाई तर्साउने र धम्काउने गर्नु हुँदैन

    काभ्रे- कर्मचारी तन्त्र परिवर्तनको कारक हो वा बाधक भन्नेमा राजनीतिक शास्त्र, राजनीतिज्ञ र वौधिक समाजमा एक मत नदेखिनु दुखद् विषय भएको लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीले बताए। चैतन्य एकेडेमीले धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक सेमिनार अन्तर्गत सुशासन र परिवर्तन विषयमा धारणा राख्दै मैनालीले राजनीतिले नीति, मूल्य र जवाफदेहितासँग सम्बन्ध राख्ने बताए।

    प्रशासनले तथ्य, साधन, प्रकृया र कार्यान्वयनसँग सम्बन्ध राख्ने उनको भनाइ छ। ‘राजनीतिक नेतृत्वले नीति उत्पादन गर्ने, लक्ष्य निर्धारण गर्ने, र नतिजाको मूल्याङ्कन गर्ने गर्छ। प्रशासनले कार्यान्वयनको जिम्मेवारी लिने, कार्यकुसलतामा ध्यान दिने गर्छ’, उनले भने।

    राजनीतिले मार्गनिर्देशन दिने र कर्मचारीले त्यसको सही पालना गर्ने भए पनि पछिल्लो समय कर्मचारी मेसिज जस्ता भएको टिप्पणी गरेका छन्। उनले राजनीतिले जता चल भन्यो कर्मचारी त्यतै चल्नु गलत भएको बताए।

    कर्मचारीलाई तर्साउने र धम्काउने काम गर्न नहुने उनले बताए।