काभ्रे- राजनीतिक विश्लेषक डा. सूर्य आचार्यले नेपालमा संघीयता संविधानको मर्म अनुरुप चल्न नसकेको बताएका छन्। चैतन्य एकेडेमीले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक सेमिनारमा आफ्नो धारणा राख्दै आचार्यले संघीयताका तीनै तहबीच तादम्यता नमिलेको जस्तो देखिएको बताए।
संघीयताले विकास र समृद्धि भनेको भए पनि त्यो कहानेर जोडिन्छ भन्ने बहस नै हुन नगरेको उनले औंल्याए। उनले राजनीतिक कुरा सन्तुष्ट बनाउन संविधानमा संघीयता लेखिएको र अहिले त्यसको उपयुक्त अभ्यास हुन नसकेको बताएका छन्।
‘विकास र समृद्धिका बहुआयामिक पक्ष छन्। सामाजिक, राजनीतिकलगायत थुप्रै छन्। अन्य देशमा कर्मचारीलाई केन्द्र र स्थानीय तह मध्ये के रोज्नु हुन्छ भन्दा स्थानीय तह भन्नु हुन्छ। किनकि त्यो अभ्यास गरेर काम गरेर देखाउन सकिने ठाउँ हो बुझाइ छ। तर, नेपाल केन्द्र बाहेकका कर्मचारीले आफूलाई सुरक्षित देख्दैनन्,’ उनले भने। नेपालमा संघीयताको सफल अभ्यास गर्न आवश्यक रहेको आचार्यको भनाइ छ।
नेपालमा मन्त्रीले शाखा अधिकृतको काममा पनि हस्तक्षेप गर्ने गरेको देखिने भएकाले त्यसको पनि अन्त्य हुनुपर्ने उनको भनाइ छ।